Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

बूढानीलकण्ठमा प्रचण्ड पुगिसक्दा जसपाका नेताहरु भने बीच बाटोमै रोकिए !

काठमाडौं । नयाँ सरकार गठनका लागि प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको तीन दलको छलफलमा जनता समाजवादी पार्टी (जसपा)का नेताहरु पुग्न ढिलाई गरेका छन्।

बैठकमा एउटै स्वर राख्न भन्दै छलफलमा सहभागी हुन हिँडेका जसपाका नेताहरु बाटोमै छलफल गर्न बसे बसेपछि पुग्न ढिलो भएको बुढानिलकण्ठ स्रोतले जानकारी दिएको छ।

स्रोतका अनुसार जसपाका अध्यक्ष डा. बाबुराम भट्टराई, अर्का अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव, बरिष्ठ नेता राजेन्द्र महतो र अर्का नेता अशोक राई बूढानीलकण्ठ छेउछाउमै बसेका हुन् ।

त्यस्तै, बैठकमा सहभागी हुन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र काँग्रेसका पदाधिकारी तथा पूर्व पदाधिकारीहरु यसअघि नै बुढानिलकण्ठ पुगीसकेका छन्

अध्यक्ष प्रचण्डसँगै नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा र देव गुरुङ रहेका छन् ।

त्यस्तै, काँग्रेसका शीर्ष नेता पनि देउवा निवास पुगिसकेका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको विकल्पमा तीन दलबीच गठबन्धन गरेर नयाँ सरकार गठनका लागि छलफल गर्न देउवाले अग्रसरता लिएसँगै आजको बैठक डाकिएको हो।

सभापति देउवाले शुक्रबार दिउँसो ३ बजेका लागि तीन दलको बैठक आफ्नै निवास बुढानिलकण्ठमा बोलाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077