Jul 25 2026 | २०८३, श्रावण ९ गते

25 Jul 2026 | शनिवार, श्रावण ९ गते २०८३

शनिवार, श्रावण ९ गते २०८३
images
images

ओलीद्वारा निर्वाचित सदस्यहरु महाधिवेशनपश्चात् लोप हुन्छन् : माधव नेपाल

मोरङ । नेपाल कम्युनिष्ट पार्टी नेकपा एमालेका नेता माधवकुमार नेपालले पार्टीका निर्वाचित पदाधिकारीलाई महाधिवेशनबाट मात्र हटाउन सकिने बताएका छन् ।

आज नेकपा एमाले मोरङ जिल्ला कमिटीद्वारा  विराटनगरमा आयोजित अगुवा कार्यकर्ता भेला पार्टी एवं पुनर्गठन कार्यक्रममा नेता नेपालले वर्तमान पार्टी नेतृत्वले आफूखुशी कमिटी गठन, बैठक र विस्तार गर्ने गरेकाले यसलाई सच्याउनुपर्नेमा जोड दिए ।

पूर्वप्रधानमन्त्री नेपालले खराव  नेतृत्वका कारण कार्यकर्ताहरुको मनोबल खस्केको आरोप लगाउँदै कम्युनिष्ट आन्दोलन जोगाउन पार्टी जिल्ला अभियानको दौडाहामा लागेको जानकारी दिए ।

नेता नेपालले कार्यकर्ताहरुले आफूहरुलाई साथ दिने भन्दै अध्यक्ष ओलीले निर्वाचित गरेका सदस्यहरु आगामी महाधिवेशनबाट आफै लोप हुने बताए।

उनले पार्टीका ६५ जिल्लामा कमिटी पुनर्गठन भइसकेको जानकारी दिँदै चाँडै ३२ भ्रातृ सङ्गठनको राष्ट्रिय भेलाको आयोजना गरी जनताको पार्टीप्रतिको आशा एवं विश्वास जगाउने कार्य भइरहेको बताए ।

आज नेता नेपालले चन्द्रवीर राईको अध्यक्षतामा ३२५ सदस्यीय मोरङ जिल्ला कमिटी र पारुल क्षेत्रीको अध्यक्षमा १७५ सदस्यीय विराटनगर महानगर कमिटी पुनर्गठन समेत गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077