Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

जसपा अरुसँग मागेर खाने कमजोर शक्ति होइन : भट्टराई

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री भट्टराईले आफ्नो पार्टी अरुसँग मागेर खाने कमजोर जातीय र क्षेत्रीय शक्ति नभएको बताएका छन्।

शुक्रबार साँझ एक ट्वीट गर्दै अध्यक्ष भट्टराइले भनेका छन्–‘जसपा अरूसंग मागेर खाने कमजोर जातीयरक्षेत्रीय शक्ति हैन सच्चा राष्ट्रिय शक्ति बन्नु छ ।’

शुक्रबार जसपा पदाधिकारीको बैठक सौहाद्र्रपूर्ण र गम्भीर वातावरणमा सुरु भएको भन्दै बाबुरामले यस्तो बताएका हुन्।

उनले उदीयमान वैकल्पिक शक्ति हुनुको नाताले जसपाले विद्यमान राष्ट्रिय राजनीतिक संकटको समाधानका निम्ती अग्रणी भूमिका खेल्नुपर्ने समेत बताए।

डा. भट्टराईले ट्वीटरमा लेखेका छन्–‘जसपाको पदाधिकारी वैठक सौहार्द्रपूर्ण र गम्भीर वातावरणमा शुरू भएको छ ! उदीयमान वैकल्पिक शक्ति हुनुको नाताले जसपाले विद्यमान राष्ट्रिय राजनीतिक संकटको अग्रगामी समाधाननिम्ति अग्रणी भूमिका खेल्नैपर्छ। जसपा अरूसंग मागेर खाने कमजोर जातीय/क्षेत्रीय शक्ति हैन सच्चा राष्ट्रिय शक्ति बन्नु छ।’

भट्टराइले ट्वीटरमार्फत शुक्रबार जसपाका शीर्ष नेताको सामूहिक तस्बिर समेत सार्वजनिक गरेका छन् ।

https://twitter.com/brb1954/status/1380503813967126529

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077