Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • गुण्डागर्दीविरूद्ध प्रहरीको कारवाही अभियान , धम्क्याएर ठेक्कापट्टा हात पार्दै आएका मगर पक्राउ

    गुण्डागर्दीविरूद्ध प्रहरीको कारवाही अभियान , धम्क्याएर ठेक्कापट्टा हात पार्दै आएका मगर पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, २७ चैत्र २०७७
  • 6.3K
    SHARES

    काठमाडौं। महानगरिय प्रहरी परिसर काठमाडौंले ठेक्कापट्टामा हुने गुण्डागर्दीविरूद्ध कारवाही अभियान थालेको छ।

    पुराना गुण्डा नाइकेहरु लुकेर बसिरहेको बेला नयाँ र टोले गुण्डाहरु सक्रिय हुन थालेपछि काठमाडौं परिसरका प्रमुख एसएसपी अशोक सिंहले गुण्डागर्दीविरूद्ध कारवाही अभियान शुरु गरेका हुन।



    काठमाडौका विभिन्न स्थानहरुमा गुण्डागर्दी र आपराधिक कार्यमा संलग्न रहेको आरोपमा नुवाकोट घर भई  मनमैजु वस्ने वर्ष ३७ का टिकाराम पुलामी मगरलाई प्रहरीले पक्राउ गरेको छ।



    मगरलाई परिसरले शुक्रबार पक्राउ गरेको परिसरका प्रवक्ता एसपी रमेशकुमार बस्नेतले बताए।

    उनले कतै राम पुलामी मगर त कतै सिताराम पुलामी मगर भन्दै गुण्डागर्दी र धम्की दिएको गुनासो आएपछि परिसरले पक्राउ गरेको हो।

    मगरले मनमैजु लोकतान्त्रिक चोकमा वर्गर हाउस र  नुवाकोटमा निर्माण सेवा कम्पनी संचालन गर्दै आईरहेका थिए ।

    एसपी  बस्नेतका अनुसार मगरले धम्क्याएकै भरमा निर्माण सेवाको ठेक्कापट्टा हात पार्दै आएका थिए।

    मगरविरूद्ध काठमाडौ र नुवाकोटमा विभिन्न शिर्षकमा ६ वटा मुद्धा दर्ता भएको एसपी बस्नेतको भनाइ छ। दर्ता मुद्दाको बारेमा प्रहरीले अनुसन्धान थालेको जनाएको छ ।

    यसअघि मंसिरमा राजधानीका केही पुराना गुण्डा हातहतियारसहित हिँड्ने गरेको सूचना प्रहरीमा पुगेपछि सडकमा हिडिरहेका चक्रे मिलनमाथि एसएसपी  सिंहको आदेशमा दरबारमार्गको प्रहरीले खानतलासी गरेको थियो।

    चक्रेबाट केही बरामद नभएपछि उनलाई छाडिएको थियो  । जुन घटनापछि काठमाडौंमा पुराना गुण्डा नाइकेहरुको भागाभाग भएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार