Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

पत्रकार महासंघ उपत्यका प्रदेशमा श्रीजन झाको प्यानल बिजयी

काठमाडौं । नेपाल पत्रकार महासंघ उपत्यका प्रदेशमा प्रतिगमन बिरोधी श्रीजन झाको प्यानन बिजयी भएको छ।

उपत्यका प्रदेशको अध्यक्षमा श्रीजन झा, उपाध्यक्षमा विरबहादुर लामा, महासचिवमा टेकबहादुर रोका (टेनिस) तथा खुला सचिवमा रोशनराज पाण्डे निर्वाचित भएका हुन।

निर्वाचन मतपरिणाम अनुसार झा १ हजार १ सय ६५ मत ल्याएर विजयी बनेका छन् ।  उनका प्रतिस्पर्धी रामचन्द्र खड्काले ५ सय ७ मत प्राप्त गरे ।

उपत्यका समितिको खुला उपाध्यक्षमा विरबहादुर लामाले ९ सय १५ मत ल्याएर विजयी बने भने उनका प्रतिस्पर्धी विनोद प्रसाद चौलागाईले ६ सय ४४ मत प्राप्त गरे ।

महिला उपाध्यक्ष रोजिना थापा भने निर्विरोध निर्वाचित बनिन् । महासचिव पदमा १ हजार ५ मत प्राप्त गर्दै टेनिस निर्वाचित भए ।

उनका प्रतिस्पर्धी सविन शर्माले ५ सय ६९ मत प्राप्त गरे ।

खुल्ला सचिवमा रोशनराज पाण्डे ८ सय ६९ मत ल्याएर विजयी बनेका छन्।

उनका  प्रतिस्पर्धी केदार भट्टराईले ४ सय ५४ मत र कालिका बहादुर महतले २ सय २३ मत प्राप्त गरे ।

महतले उम्मेदवारी फिर्ता लिएपनि मतदाताहरुमाझ प्रस्ट हुन नसक्दा भोट बाँडिएको थियो।

यसैगरी, समावेशी सचिवमा अमर भुजुले ९ सय ४७ मत ल्याएर विजयी बने भने उनका प्रतिस्पर्धी रञ्जित तामाङले ६ सय ४ मत प्राप्त गरे ।

कोषाध्यक्षमा भने १ हजार ८९ मत ल्याएर अर्जुन पन्त विजयी बने भने जयराम बास्तोलाले ४ सय ४२ मत प्राप्त गरे ।

कार्यसमिति सदस्यमा प्रविण श्रेष्ठ, घनश्याम अधिकारी (बैरागी जेठा), माधव प्रसाद घिमिरे, विष्णु कुमार गिरी (विष्णु निश्चल), विधुर ढकाल, रमा कुमारी न्यौपाने, नेत्र प्रसाद न्यौपाने, दिया चन्द, लक्ष्मी गारु, सुशिल दर्नाल, अर्जुन बहादुर तामाङ, रत्नकृष्ण श्रेष्ठ, विनयकुमार महतो, अनिलकुमार गुप्ता निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077