Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

सामान्य विवादमा छोराहरुले कुटपिट गर्दा विराटनगरमा बाबुको मृत्यु

मोरङ।  सामान्य घरायसी विवादमा छोराहरुले कुटपिट गर्दा विराटनगरमा शनिबार राति बाबुको मृत्यु भएको छ । स्थानीय ५२ वर्षीय विको सहनीको मृत्यु भएको हो ।

विराटनगर-८ का वडा सदस्य सुरेन्द्रकुमार राय आमात्यका अनुसार मदिरा पसल सञ्चालन गर्दै आएको सहनीलाई घरायसी विवादमा छोराहरुले कुटपिट गर्दा मृत्यु भएको छ ।

विवादकै क्रममा उनको एक छोराले घाँटी समातेर घरको पिलरमा ठोकाई दिँदा तत्काल लडेर मृत्यु भएको थियो । घरको पिलरमा ठोकिएर भुइँमा लडेका उनलाई  तत्काल उपचारका लागि कोशी अस्पताल ल्याएपछि चिकित्सकले मृत घोषणा गरेका थिए ।

झगडा छुटाउन गएका छिमेकी राजन आमात्यलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान भइरहेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले बताए ।

मृतकका का तीन भाइ छोरा रवी, लटुवा र भंगरु सहनी फरार रहेकाले खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077