Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बेसार पानीको कथा महँगो हुन सक्छ : अध्यक्ष राणा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शम्शेर राणाले कोरोना भाइरसको संक्रमण रोक्ने बेसार पानीको कथा महँगो साबित हुन सक्ने आँकलन गरेका छन्।

पछिल्लो समय बढ्दै गएको कोरोना संक्रमितको संख्या र भारतबाट नेपालीहरु स्वदेश फर्कने क्रम बढेसँगै कोरोना संक्रमणको जोखिम नियन्त्रणका लागि उच्च सतर्कता अपनाउनु पर्ने भन्दै बेसार पानीको मात्र कथा दोहोर्याई रहे महँगो साबित हुन सक्ने बताएका हुन् ।

बढ्दो कोरोना महामारीको जोखिमसँगै सरकारले सीमाक्षेत्र अनुगमनका साथै सबै किसिमको सावधानी अपनाउनु पर्ने अध्यक्ष राणाले भनाइ छ।

केहीदिन यता छिमेकी देश भारतमा कोरोना तिब्र रुपमा फैलिएको छ भने त्यसको प्रस्त्यक्ष असर नेपालमा समेत देखिन थालेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077