Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

नागर्जुनको जङ्गलमा भीषण आगलागी, हेलिकप्टरद्वारा पानी खसाल्ने

काठमाडौं । काठमाडौँको शिवपुरी नागर्जुन राष्ट्रिय निकुञ्जमा भीषण आगलागी भएको छ।

बुढानिलकण्ठ नगरपालिका-१ तौलुङबाट आगलागी सुरू भएसँगै नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र निकुञ्जकै कर्मचारीहरु आगलागी नियन्त्रण गर्न लागि खटिएको महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी अशोक सिंहले जानकारी दिए।

'तीन वटा दमकलले आगलागी नियन्त्रण गर्न लागेको छ। करिब दुई सय जना जति खटिएका छन्। आगलागीको विस्तृत विवरण आउन बाँकी छ।' एसएसपी अशोक सिंहले भने।

दमकलले मात्रै डढेलो नियन्त्रणमा लिन नसकिने भन्‍दै हेलिकोप्टरबाट पानी खसाल्ने तयारी भइरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077