Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

'राष्ट्रपति ज्यू, चुच्चे नक्सा खै ?'

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेको नेपालसमूहका बिद्यार्थीहरुले चुच्चे नक्सा खोई भन्दै विरोध प्रदर्शन गरेका छन्।

गत शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले वितरण गरेको पदकमा नयाँ नक्सा छुटेको विरोधमा एमाले नेता माधवकुरमा नेपालपक्षका विद्यार्थीहरुले प्रदर्शन गरेका हुन् ।

काठमाडौंको माइतीघरमा नेपाल पक्षको अनेरास्ववियुले लिपुलेक र लिम्पियाधुरासहितको नक्सासहित प्रदर्शन गर्दै झुटो नक्सा चाहिन्न, चुच्चे नक्सा फेर्न पाइन्न, चुच्चे नक्सा खै ! जस्ता नारा लगाएका थिए ।

शुक्रबार राष्ट्रपति भण्डारीले गत बर्ष घोषणा गरिएको विभिन्न विभूषण तथा पदक प्रदान गरेकी थिइन् ।

तर उक्त पदकमा लिपुलेक र लिम्पियाधुरासहितको नक्सा नभई नेपालको पुरानै नक्सा राखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077