Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

पोखरामा युवकमाथि गोली प्रहार गरी फरार रहेका पाण्डे पक्राउ

पोखरा  । जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरामा एक युवकमाथि गोली प्रहार गरी फरार रहेका व्यक्तिलाई पक्राउ गरेको छ ।

गत माघ २३ गते महतगौंडामा गोली हानी फरार रहेका बारा बरियापुर नगरपालिका – ४ पिपराबृताका ४५ वर्षीय राजकिशोर पाण्डेलाई आइतबार बिहान कास्की प्रहरीले पोखराको सिमपानीबाट पक्राउ गरेको हो।

सोही दिन साँझ ७ बजेको समयमा महतगौँडा नोलौ घुम्ती नजिक पवर्तका २७ वर्षीय मनोज बिकलाई अपरिचित व्यक्तिले गोली हानी घाइते बनाएकोमा अनुसन्धान पश्चात हुलियाका आधारमा खोजतलास गर्ने क्रममा आइतबार पोखराबाटै पक्राउ गरिएको कास्की प्रहरी प्रमुख  एसपी जीवन कुमार श्रेष्ठले जानकारी दिए ।

घाइते बिकले दिएको हुलियाको आधारमा प्रहरीले बाराको पिपराबृता घर भइ पर्साको विरगंज आदर्शनगरमा अस्थायी रुपमा बस्दै आएका पाण्डेलाई पोखरा आउनासाथ पक्राउ गरेको हो ।

प्रहरीले पाण्डेको साथबाट ३ राउण्ड गोली समेत फेला पारेको छ । पोखरामा मेटल सम्बन्धी काम गरी बस्ने पाण्डे घटना पश्चात फरार भएका थिए ।

वायरिङ सम्बन्धी काम गर्ने बिक गोली लागी घाइते भए पश्चात मोटरसाइकलमै वडा प्रहरी कार्यालय बैदाम पुगेर घटनाबारे जानकारी दिएका थिए । गोली लागेर बिकको दाहिने कोखामा अगाडिपट्टी प्वाल परेको थियो । उनको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077