Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

'जसपाको नेतृत्वमा सरकार'

पोखरा। नेपाली कांग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकताको आधारमा पनि राजिनामा दिनुपर्ने बताएका छन्।

आज प्रेस युनियन कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता कोइरालाले प्रधानमन्त्री ओलीलेमा नैतिकता भएको भए संसद् पुनस्स्थापना भएकै दिन राजिनामा दिने बताएका हुन्।

अहिलेको समयमा संसद् अनिर्णयको बन्दी भएको भन्दै यसबारे प्रतिपक्षी दलहरू चाँडै निचोडमा पुग्नुपर्ने भन्दै कोइरालाले सरकारले बिजनेस दिन नसक्नु र एमालेभित्रको गुटबन्दीका कारण संसद् अनिर्णयको बन्दी भएको उल्लेख गरे।

नेता कोइरालाले नयाँ सरकार गठनका लागि माओवादीले समर्थन फिर्ता नलिने, कांग्रेससँग पनि संख्या नपुग्ने भन्दै अब जनता समाजवादी पार्टी (जसपा)का माग पूरा गर्दै ऊसँग सहमति गर्नुपर्ने विकल्प रहेको बताए

कोइरालाले कांग्रेसको नेतृत्वमा सम्भव नभए जसपाको नेतृत्वमा सरकार गठन गरेर मुलुकलाई चाँडो निकास दिनुपर्ने उनको भनाइ छ।

उनले कांग्रेसको नेतृत्वमा चुनावी सरकार गठन गरी आगामी मङ्सिर वा चैतमा निर्वाचनमा जानुपर्ने पनि बताए ।

उनले भने–‘देशलाई निकास दिने काम कांग्रेसले मात्र गर्न सक्छ, त्यो निकासका लागि कांग्रेस नेतृत्वमा सरकार बनाइकन निर्वाचनमा जानु उत्तम उपाय हो ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077