Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

फरार रहेका विप्लवका दाइ वीरजंगलाई अदालतले बोलायो (पत्रसहित)

बुटवल । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)का दाइ चन्द्रबहादुर चन्द ‘वीरजंग’विरुद्द रुपन्देही जिल्ला अदालतले सूचना जारी गरेको छ ।

अदालतले विष्फोटक पदार्थ सम्बन्धी कसुर मुद्दामा बयानका लागि उपस्थित हुन सूचना जारि गरेको हो।

उनलाई अदालतले २१ दिनभित्र अदालतमा हाजिर हुन भनेको छ ।

‘तोकिएको म्यादभित्र नआई म्याद गुजारी बसेमा कानून बमोजिम मुद्दा फैसला हुनेछ,’ जिल्ला अदालत रुपन्देहीले जारी गरेको सूचनामा लेखिएको छ ।

कपिलवस्तुको शिवराज नगरपालिका -९ शिवगढी घर भनिए पनि सो वतनमा उनी फेला नपरेपछि राष्ट्रियस्तरको पत्रिकामा सूचना प्रकाशित गरेर बयानका लागि बोलाइएको अदालतले जनाएको छ ।

यस्तो छ अदालतको पत्र:


प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077