Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गर्ने ७१ वर्षीय बृद्ध पक्राउ

ओखलढुङ्गा। प्रहरीले ७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा चिशंखुगढी गाउँपालिका-८ माम्खा बस्ने ७१ वर्षीय दान बहादुर कार्की रहेका छन्। उनलाई आइतबार साँझ पक्राउ गरेको प्रहरीले जनाएको छ।

कार्कीले बालिकालाई यौन दुर्व्यवहार गरेको भन्ने खबर प्राप्त हुनासाथ विमानस्थल सुरक्षा गार्ड रुम्जाटारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077