Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

भन्सार छलेर आउदै गरेको ट्रक प्रहरीको फन्दामा

पर्सा। जिल्ला प्रहरी कार्यालय पर्साले भन्सार छलेर आउदै गरेको ट्रकलाई चालकसहित पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बारा जिल्ला सिमरा उपनपा-७ बस्ने २८ बर्षीय ट्रक चालक सुरज सिंह रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख ओमप्रकाश खनालले जानकारी दिए।

आइतबार बीरगञ्जबाट नारायणगढ तर्फ गइरहेको ना.३ ख ७२१० नम्बरको पशुपति रोड कैरियर्सको माल वाहक ट्रकलाई रोकेर जाँच गर्ने क्रममा बयालीस लाख बराबरको सामान फेला परेको हो।

उक्त ट्रकका चालकले भन्सार छलेर ल्याएका खुद्रा सामानहरुलाई नक्कली बिल बनाई लगिदै गरेको भन्ने सूचनाको आधारमा पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ।

पक्राउ परेका ट्रक चालक र ट्रकलाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा पठाएको एसपी खनालले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077