Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

७० तोला सुन चोरी गर्ने पुन महाशाखाको फन्दामा

काठमाडौँ। महानगरीय अपराध महाशाखा काठमाडौँले ७० तोला सुन चोरी कार्यमा संलग्न रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा म्याग्दी जिल्ला मलिका गा.पा.२ घर भई हाल काठमाडौँ तारकेश्वर बस्ने २८ बर्षीय दिलिप भन्ने दिल बहादुर पुन रहेका छन्।

आज पक्राउ परेका पुनले काठमाडौं उपत्यका लगायत बिभिन्न जिल्लाका सहकारी तथा वित्तिय संघ संस्थाहरु तथा सुन चाँदी पसलमा रातको समयमा चोरी गर्ने गरेका थिए।

उनले गत फागुन १८ गते राती नवलपरासी गौडाकोट न.पा. ५ मा रहेको मोनिका सुनचाँदी पसलको सटर फोडेर पसलमा रहेका बिभिन्न तयारी सुनका गर गहनासहित ७० तोला सुन र नगद सातलाख समेत गरि त्रिचालिस लाख बराबरको धनमाल चोरी गरेका थिए।

पक्राउ परेका पुनलाई आवश्यक थप कारबाहीको लागी जिल्ला प्रहरी कार्यालय पुर्वी नवलपरासी पठाईएको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077