Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

रास्कोट अस्पताल आजदेखि संचालनमा

कालिकोट । संचारकर्मी  रवि लामिछानेसहितको पहलमा जिल्लाको रास्कोटमा निर्माण गरिएको अस्पताल आजदेखि संचालनमा आएको छ।

अस्पताल भवन हस्तान्तरण तथा सेवा शुभारम्भ कार्यक्रमका लागि लामिछाने यतिबेला रास्कोटमा छन् ।

लामिछानेका अनुसार अस्पतालले पूर्ण रूपमा नयाँ भवनबाट सेवा सुरू गरेको छ।

'अस्पताल १५ शय्या क्षमताको हो, आकस्मिक कक्षमा पाँच शय्या छ,  यहाँ एमबिबिएस गरेका चिकित्सक रहन्छन्', लामिछानेले भने।

अस्पताल निर्माणका लागि स्वदेश तथा विदेशबाट सहयोग गर्ने सबैलाई  धन्यवाद दिँदै  लामिछानेले कालिकोटबासीले उत्कृष्ट स्वास्थ सेवा पाउनेमा ढुक्क रहेको बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077