Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

देउवालाई भेट्न बूढानीलकण्ठ पुगे भट्टराई र यादव

काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नेपाल काँग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन्।

आज दिउँसो सम्पन्न जसपा पदाधिकारीको बैठकपश्चात् अध्यक्षद्वय बाबुराम र उपेन्द्र देउवासँग भेट गर्न निवास बूढानीलकण्ठ पुगेका हुन्।

यसअघि गत शुक्रबार सभापति देउवाले तीनदल काँग्रेस, माओवादी र जसपाबीच संयुक्त बैठक राखेका थिए । तर, उक्त बैठकमा देउवाले राखेको प्रस्तावमा
माओवादीले स्वागत गरे पनि जसपाले भने समय मागेको थियो ।

शुक्रबार देउवाले काँग्रेसको नेतृत्व नयाँ सरकार निर्माणका लागि माओवादी र जसपासामु प्रस्ताव राखेका थिए ।

आजको भेटवार्तामा सत्ता समीकरणमा विषयमा छलफल भएको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077