Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कोलकता नाइटराइडर्समाथि मुम्बई इण्डियन्सको जित

काठमाडौं। पाँच पटकको च्याम्पिएन मुम्बई इण्डियन्सले स्कोरबोर्डमा १५२ रन मात्र बनाउन सकेको थियो, जब कोलकाता नाइट राइडर्स मुम्बई इन्डियन्सको इनिङमा कार्डको थुप्रोमा चुर्लुम्मै डुब्यो ।

इण्डियन प्रिमियर लिग(आईपीएल)मा गए राती सम्पन्न खेलमा मुम्बई इण्डियन्सले कोलकता नाइटराइडर्समाथि रोमान्चक जित हासिल गरेको छ । मुम्बईले कोलकतालाई १० रनले पराजित गरेको हो ।

१५३ रनको लक्ष्य दिपछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको कोलकता १४२ रनमा सिमित हुन पुग्यो ।

मुम्बईका सूर्यकुमार यादवले सर्वाधिक ५२ रन बनाए भने कप्तान रोहित शर्माले ४३ रन बनाउँदा हार्दिक पाण्ड्या र क्रुणाल पाण्ड्याले समान १५र१५ रनको महत्वपुर्ण योगदान दिएका थिए ।

कोलकताका लागि आन्द्रे रसेलले  ५ विकेट र प्याट कमिङ्सले २ विकेट लिए। त्यस्तै, वरुण चक्रवर्ती, शकिव अल हसन र प्रसिद कृष्णाले समान १र१ विकेट लिए।

कोलकताका लागि नितिश रानाले  ५७ रन तथा भमन गिलले ३३ रन बनाए।

आज   हैदराबाद र बेङ्ग्लोर भिड्दैछन् । जुन खेल रोमान्चक हुने विश्वाश लिइएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077