Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

प्युठान दुर्घटना : थप २ को मृत्यु, १० गम्भीर घाइते

प्युठान । जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारी सवार गाडी दुर्घटना हुँदा थप दुई जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या चार पुगेको छ ।

आज बिहान गुल्मीबाट प्युठानको स्वर्गद्वारीतर्फ जाँदै गरेको लु १ ज १६५५ नम्बरको गाडी दुर्घटना भएको प्युठानका प्रहरी इन्स्पेक्टर देवीप्रसाद गैरेले जानकारी दिए ।

गैरेका अनुसार दुर्घटनामा अधिकृत श्याम न्यौपाने, कम्प्युटर अपरेटर सूर्य पन्थी, मुद्दा शाखाका ईश्वर भण्डारी र जिपका चालक केशव कार्की, को मृत्यु भएको हो ।
घटनामा १० जना गम्भीर घाइते छन् ।

घाइतेमध्ये गम्भीर दुई जनालाई हेलिकप्टरबाट थप उपचारका लागि काठमाडौं लैजाने तयारी भइरहेको इन्स्पेक्टर गैरेले बताए।

नयाँ वर्षको अवसर पारेर जिल्ला प्रशासन कार्यालय गुल्मीका १४ जना कर्मचारी स्वर्गद्वारी दर्शनका लागि आएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077