Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

बेलुका सात बजेपछि नहिड्न स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । दिनदिनै कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढ्न थालेपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मानिसको भिडभाड हुने सार्वजनिक स्थानहरूमा सहभागी नहुन अनुरोध गरेको छ।

आज मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै बेलुका सात बजेपछि भिडभाड हुने स्थानमा सहभागी नहुन अपिल गरेको हो।

मन्त्रालयले जिम हल, रेस्टुरेन्ट, सिनेमा हल, सपिङ मललगायत भीडभाड हुने स्थानमा सात बजेपछि सहभागी नहुन अनुरोध गरेको छ ।

मन्त्रालयले ‘मेरो स्वास्थ्य मेरो जिम्मेवारी’ भन्ने बुझेर जिम्मेवार बनिदिन समेत आग्रह गरेको छ ।

यसैबीच मन्त्रालयले १४ वटा जिल्लाहरुलाई अति प्रभावित भएको जानकारी दिएको छ। अतिप्रभावित जिल्लाहरू काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, मोरङ, कैलाली, दाङ, सुर्खेत, बारा र बाग्लुङका जिल्लाहरूमा भीडभाड भएकाले सुरक्षा अपनाउन अनुरोध गरेको हो।

पछिल्लो २४ घण्टामा देशभर सङ्क्रमित हुनेको सङ्ख्या दैनिक ४ सय नाघेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077