Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

स्वास्थ्य मन्त्रालयद्वारा विद्यार्थीहरूलाई स्कुल नजान अपील

काठमाडौँ । कोरोना संक्रमणको दोस्रो लहर तीव्र गतिमा फैलिएसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विद्यालय नजान विद्यार्थीहरूलाई अपील गरेको छ।

पछिल्लो समय बढ्दै गएको कोरोनाबाट विद्यार्थीहरूसमेत संक्रमित हुन थालेपछि सरकारले देशका मुख्य शहरहरुमा कक्षा १ देखि सम्म ५ सम्म विद्यालय बन्द गर्ने तयारी गर्दै विद्यार्थीहरूलाई विद्यालय नजान अपील गरेको हो।

यस्तै, स्वास्थ्य मन्त्रालयले आज एक बिज्ञप्ति जारि गर्दै काठमाडौं उपत्यकाका तीनसहित १४ जिल्लालाई कोरोना संक्रमणबाट अति प्रभावितमा जिल्लामा राखेको छ ।

शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठले जीवन र स्वास्थ्य भन्दा ठुलो विषय अरू नभएकाले सरकारले देशका मुख्य शहरमा सञ्चालित कक्षा १ देखि ५ सम्मका विद्यालय बन्द गर्ने योजना बनाएको र छिटै निर्णय लिइने जानकारी दिए ।  यसै गरी कक्षा ६ देखि १२ सम्मका विद्यार्थीहरूका लागि स्वास्थ्य प्रोटोकलमा कडाइ गर्ने गरी कक्षा सञ्चालन गर्ने सरकारको तयारी छ ।

उनका अनुसार काठमाडौँ उपत्यका, पोखरा, चितवन, हेटौँडा, वीरगन्ज, विराटनगर, धरान, जनकपुर, बुटवल, भैरहवा, सुर्खेत, धनगढी, नेपालगन्जलगायतका स्थानमा कक्षा १ देखि ५ सम्मका विद्यालय तीन साता बन्द गर्ने योजना सरकारले बनाएको हो ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077