Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

फलाममा सुनको जलप लगाएर ठगी गर्ने तामाङ महाशाखाको फन्दामा

काठमाडौँ। महानगरीय प्रहरी अपराध महाशाखाले नक्कली सुन देखाएर ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा धादिङ जिल्ला रुबीभ्याली-१ तिपलिङ्ग घर भई हाल काठमाडौँ टोखा ३ बस्ने २२ बर्षीय ईमरान, पन्तलाल तामाङ भन्ने रबिन्द्र थापा तामाङ रहेका छन्।

पक्राउ परेका तामाङले बिभिन्न ब्यक्तिहरुलाई फलाममा सुनको जलप लगाएको पाता दिएर सक्कली सुनको सिक्री र पैसा लिई ठगी गरेका थिए।

उक्त सुचनाको अधारमा महाशाखाबाट खटिएको प्रहरी टोलीले गत चैत ३१ गते बेलुका काठमाडौँ बनस्थलीबाट पक्राउ गरेको हो।

तामाङमाथि थप अनुसन्धानका लागि महानगरीय प्रहरी परीसर काठमाडौँ पठाईएको महाशाखाले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077