Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

बस्नेतलाई चुनौती दिँदै सुबेदीले भने- प्रतिगमनको मतियार बन्नु भन्दा फाँसीमा चढ्न तयार छु

काठमाडौँ। प्रेस चौतारी नेपालको केपी ओली पक्षले उपाध्यक्ष विश्वमणि सुवेदीसहित तीन पदाधिकारीलाई पदमुक्त गरेको छ ।

बिहीबार ओलिनिकट चौतारीका अध्यक्ष गणेश बस्नेतको अध्यक्षतामा बसेको सचिवालय बैठकले हालै सम्पन्न नेपाल पत्रकार महासङ्घको निर्वाचनमा अवाञ्छित र अनाधिकृत रूपमा अन्य पक्षसँग मिलेर सङ्गठनका मूलधारका आधिकारिक उम्मेदवारलाई हराउन भूमिका खेलेको आरोप लगाउदै कारवाही गरेको हो ।

बैठकले वाग्मती प्रदेशका उपाध्यक्ष सुवेदी, सुदूरपश्चिम प्रदेशका उपाध्यक्ष नरेन्द्र साउद र महासचिव राजेश राईलाई साधारण सदस्यता कायम रहने गरी पदमुक्त गरेको हो । उनीहरू माधवकुमार नेपालनिकट मानिन्छन् ।

यसैबीच, उपाध्यक्ष विश्वमणि सुवेदीले सामजिक सञ्जाल फेसबुकमार्फत् प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीनिकट मानिने अध्यक्ष बस्नेतलाई चुनौती दिँदै प्रतिगमनको मतियार बन्नु भन्दा फाँसीमा चढ्न तयार रहेको बताएका छन्।

सुबेदीले लेखेका छन्, 'सुनियो, प्रेस चौतारीको उपाध्यक्षबाट म, नरेन्द्र साउद, महासचिवबाट राजेश राई पदबाट निष्काशनमा परेका छौं । रामकुमार एलन, शुरोजंग पाण्डे र अमृत तिम्सिनासहिताका साथीलाई सचिवालय बैठकमा नआए कारवाही हुने भनिएको छ रे । हामी स्पष्ट छौं, हाम्रो लडाइँ केपी ओलीको प्रतिगमन विरुद्ध हो । यो लडाइँमा हामीसँग गुमाउनुबाहेकका प्राप्ति केही छैन । यिनीहरूले हामीलाई फासीको फन्दामा चढाउछन् भने पनि हासी हासी तख्तामा चढ्न तयार छौं । यस्ता कारवाही रुपी धम्कीले हाम्रो केही सकिँदैन । बरु, प्रतिगामीका एजेण्टहरु सँग रहनु नपरेकोमा हामी खुशी छौं । कारवाही गर्ने 'दु:खी आत्मा' हरु, तिमीहरूको पतन निश्चित छ ।'

बस्नेतले प्रेस सेन्टर र प्रेस युनियनसंग मिलेर चुनाव लडाउने सुबेदी, राई र साउदलाई कारवाही गरेपनि चुनावमा अत्याधिक मत ल्याएर निर्वाचित हुनेहरुलाई भने केही गरेका छैनन्।

महासंघको निर्वाचनमा सुबेदी, राई र साउदले उठाएका उमेदवारहरु क्रमश :खुल्ला सचिवमा गोबिन्द चौलागाई, (सचिव) हेम कर्ण बिक, त्यस्तै केन्द्रीय सदस्यहरु क्रमश : माधव पौडेल, सुवासप्रसाद साह, उपत्यका केन्द्रीय सदस्य सन्तराम बिडारी, सुदुरपश्चिम केन्द्रीय सदस्य उत्तरसिंह बिष्ट र शान्त आङ्गबुहान निर्वाचित भएका थिए।

यी उमेदवारहरुले अत्याधिक मत ल्याएर जितेका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077