Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

अब सरकारी छात्रवृत्ति लिएका चिकित्सकले निजी अस्पतालमा अभ्यास गर्न नपाउने

काठमाडौं । सरकारले सरकारी छात्रवृत्ति पाएका विशेषज्ञ चिकित्सकलाई निजी अस्पताल र क्लिनिकमा अभ्यास गर्न रोक लगाएको छ ।

आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक विज्ञप्ति जारि गर्दै विशेषज्ञ चिकित्सकलाई निजी अभ्यास नगर्ने निर्देशन दिएको हो ।

मन्त्रालयका बरिष्ठ अस्पताल नर्सिङ प्रशासक शकुन्तला प्रजापतीले जारि गरेको विज्ञप्तिमा उक्त व्यवस्था कडाइका साथ लागू गर्न आग्रह गरिएको छ।

स्वास्थ्य तथा जनसंख्या सचिव स्तरीय बैठकबाट यस्तो निर्णय भएपछि मन्त्रालय माताहतका निकायलाई सबै अस्पतालमा नै विस्तारित सेवा ९इएचएस० सञ्चालनमा ल्याइ निजी अभ्यास नगर्ने व्यवस्था कडाइका साथ कार्यान्वयन गर्न निर्देशन दिएको बिज्ञप्तिमा उल्लेख छ।

मन्त्रालयले सबै प्रतिष्ठान, संघीय, प्रादेशिक र स्थानीय तह अन्तर्गतका अस्पताललाई पत्र पठाउदैँ यस्तो निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077