Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रामपुर क्याम्पसमा दोहोरो झडप हुँदा २ जना गम्भीर घाइते

चितवन। जिल्लाको रामपुर कृषि क्याम्पसमा दोहोरो झडप हुँदा दुई जना गम्भीर घाइते भएका छन्।

उक्त झडपमा परि ने.वि.ईकाई सभापति दिपेश बानियाँ र सदस्य खेमराज उपाध्याय गम्भीर घाइते भएको नेविसंघका महामन्त्री दीपक भट्टराईले जानकारी दिए।

आज विद्यार्थी भर्ना सम्बन्धी विषयमा विवाद हुँदा अखिल क्रान्तिकारी र नेपाल विद्यार्थी संघबिच दोहोरो झडप भएको हो ।

भट्टराईका अनुसार झडपमा परि घाइते भएका अन्यको अवस्था सामान्य रहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077