Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • प्रदेश-१ सरकारद्वारा हिउँदे अधिवेशन अन्त्यको तयारी

    प्रदेश-१ सरकारद्वारा हिउँदे अधिवेशन अन्त्यको तयारी

    अनलाइन नेपाल
  • आइतबार, ५ बैशाख २०७८
  • 1.9K
    SHARES

    file photo

    विराटनगर । प्रमुख प्रतिपक्षी दलहरु( नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी)को बिरोधका कारण प्रदेश-१ सरकारले सातौं हिउँदे अधिवेशन अन्त्यको तयारी थालेको छ।

    दलहरुले चालु वर्षका लागि स्वीकृत कार्यक्रमहरु सुचारू गर्नु पर्ने, विकास आयोजनालाई निरन्तरता दिनुपर्ने र अलपत्र रहेका बहुवर्षे विकास आयोजनाको काम सुचारु राख्नुपर्नेलगायतका माग राख्दै बैठक अवरुद्ध गर्दै आएपछि सरकारले हिउँदे अधिवेशन अन्त्यको तयारी थालेको हो ।



    आज बस्ने बैठकमा मुख्यमन्त्री शेरधन राईले सम्बोधन गरेपछि जारी सातौं हिउँदे अधिवेशन अन्त्य गर्ने तयारी थालिएको प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले जानकारी दिए।



    गत माघ ७ गतेबाट सुरु भएको प्रदेशसभाको सातौ हिउँदे अधिवेशन मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि सत्तापक्षले बैठक अवरुद्ध गरेको थियो ।

    त्यस्तै, चैत २३ गते माओवादी केन्द्रले अविश्वासको प्रस्ताव फिर्ता लिएपछि प्रतिपक्ष दलले अवरुद्ध गरिरहेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार