Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • प्रदेश-१ सरकारद्वारा प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य

    प्रदेश-१ सरकारद्वारा प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य

    अनलाइन नेपाल
  • आइतबार, ५ बैशाख २०७८
  • 3.2K
    SHARES

    मोरङ । प्रदेश १ को प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य भएको छ ।

    मन्त्रिपरिषदको सिफारिसमा प्रदेश प्रमुख सोमनाथ अधिकारीले आज राति १२ बजेदेखि लागू हुने गरी प्रदेशसभाको सातौं अधिवेशन अन्त्य गरेका हुन् ।



    प्रमुख प्रतिपक्षी दलहरु ( नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी)को बिरोधका कारण  सरकारले अधिवेशन अन्त्य गरेको हो।



    यसअघि दलहरुले चालु वर्षका लागि स्वीकृत कार्यक्रमहरु सुचारू गर्नु पर्ने, विकास आयोजनालाई निरन्तरता दिनुपर्ने र अलपत्र रहेका बहुवर्षे विकास आयोजनाको काम सुचारु राख्नुपर्नेलगायतका माग राख्दै बैठक अवरुद्ध गर्दै आएपछि सरकारले हिउँदे अधिवेशन अन्त्यको तयारी थालेको थियो।

    त्यस्तै, गत माघ ७ गतेबाट सुरु भएको प्रदेशसभाको सातौ हिउँदे अधिवेशन मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि सत्तापक्षले बैठक अवरुद्ध गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार