Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

भिओआइपीमार्फत् अबैध कल बाइबास गर्ने भारतीय नागरिक पक्राउ

काठमाडौँ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अबैध अन्तराष्ट्रिय कल बाइपास (भिओआइपी) मा संलग्न दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमध्ये बंगलादेशी मुलुकका एक नेपाली र एक भारतीय नागरिक रहेका छन्।

सीआईबी प्रमुख डिआइजी सहकुल थापाका अनुसार रौतहट जिल्ला रमौली बेरिया घर भएका ३३ बर्षीय स्यामुल खान भन्ने मोसलिम मियाँ अन्सारी र भारत पन्जाव घर भएका ३३ बर्षीय राना शाह रहेका छन्।

सीआईबीको टोलीले गोप्य सूचनाको आधारमा उनीहरुलाई काठमाडौँको चन्द्रागिरि २ बसनडोलस्थित श्याम कृष्ण श्रेष्ठको घरबाट पक्राउ गरेको हो।

मियाँ र रानाले श्रेष्ठको घर भाडामा लिएर अबैध भिओआइपी गर्दै आएको खुलेको छ।

 

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077