Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

प्रधानमन्त्रीलाई टक्कर दिँदै सभामुखले भने - जोखिम मोल्छु तर दबाबमा कुनै निर्णय हुन्न

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कडा टक्कर दिँदै कसैको दबाबमा कुनै निर्णय नगर्ने बताएका छन्।

आज नेपाल पत्रकार महासंघको पद हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख सापकोटाले प्रधानमन्त्री ओलीले सभामुखले सदनमा एमसीसी टेबल गर्न नदिएको भन्दै आक्रोस पोखिरहेको यस्तो बताएका हुन् ।

सभामुखको सपथ खाएको स्मरण गर्दै आफ्नो आफ्नो जिम्मेवारी र भूमिका स्वतन्त्र रहेको र आफूले सभामुखको रुपमा संविधानको अधिनमा रही स्वतन्त्र काम गर्ने प्रस्ट पारे।

‘म कसैको दबाबमा परेर कुनै निर्णय गर्दिन बरु जस्तोसुकै जोखिम मोल्न तयार छु।  तर, दबाबमा निर्णय हुँदैन,' सभामुख सापकोटाले भने।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077