Jul 25 2026 | २०८३, श्रावण ९ गते

25 Jul 2026 | शनिवार, श्रावण ९ गते २०८३

शनिवार, श्रावण ९ गते २०८३
images
images

ओलीलाई पत्र लेख्दै बोहोराले भने - मेरो गोरुको बाह्रै टक्का जस्तो ढिपी नगरौँ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा एमालेको माधव नेपाल पक्षले भोलिका लागि बोलाइएको बैठक तत्काल रोक्न आग्रह गरेको छ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले भोलिका लागि बोलाएको महाधिवेशन आयोजक कमिटीको बैठक रोक्न अमृतकुमार बोहोराले आग्रह गरेका हुन् ।

एमालेको नवौं महाधिवेशनबाट अनुशासन आयोगको अध्यक्ष निर्वाचित बोहोराले एक वक्तव्य जारी गर्दै अहिलेको बिग्रिरहेको स्थितिलाई सुधार गर्न विविध उपायहरु खोजिनुपर्ने भन्दै बैठक रोक्न आग्रह गरेका हुन्।

त्यस्तै, बोहोराले सवै पक्षलाई आग्रह गर्दै भनेका छन, –‘मेरो गोरुको बाह्रै टक्का भन्ने नेपाली उखान जस्तो ढिपी कसैले नगरौँ । पार्टी एकता गरौं।'

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077