Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

केपीका मान्छे टर्च बालेर खोज्नुपर्ने भन्दै नेपालले भने - महासंघको चुनावमा छक्का हान्यौं

काभ्रेपलान्चोक । नेपाल कम्युनिष्ट पार्टी नेकपा एमालेका बरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई तिखो ब्यङ्ग प्रहार गरेका छन्।

बरिष्ठ नेता नेपालले हालै सम्पन्न नेपाल पत्रकार महासंघको चुनाव र कर्णाली प्रदेशको बिषयलाई समेटेर आफुहरुल ओलीलाई हैसियत देखाइदिएको भन्दै तिखो ब्यङ्ग प्रहार गरेका हुन्।

आज काभ्रेपलाञ्चोक जिल्लामा समानान्तर कमिटी घोषणा गर्दै नेता नेपालले भने, 'ओलीले कहिले विदेशीहरू त कहिले जसपाको एउटा पक्षसँग छलफल गर्ने गरे, तर, हामीहरुसँग छलफल गरेनन्।'

प्रधानमन्त्री ओलीले आफुहरुलाई गरेको व्यवहारले गर्दा आफुहरु ‘मर्ता त क्या नही कर्ता’को अवस्थामा पुगेको जिकिर गरे।

कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री नेपालले पत्रकार महासंघको चुनावमा आफूहरुको संगठन हावी भएको भन्दै केपीको सानो गुट हराएको दाबी गरे।

'महासंघमा अरुसँग मिलेर छक्का हान्यौं, केपीका मान्छे टर्च बालेर खोज्नुपर्ने भएको छ’, उनले भने, ‘केपीका हनुमानले माधव नेपालका मान्छेलाई एक सिट पनि नदिने भनेका थिए । हामीले तिनीहरूलाई देखाइदियौं ।’

त्यस्तै, नेता नेपालले कर्णालीमा ‘फ्लोर क्रस’ गरेर माओवादी सरकार जोगाउने एमालेका सांसदहरूको समेत बचाउ गर्दै भने, 'मुख्यमन्त्री बन्दैछु भनेर अरु पक्षलाई साथ देऊ भन्ने, नभए राजनीतिक भविष्य सिध्याइदिने धम्की दिएपछि उल्टै उनैलाई सिध्याइदिएको नेपालको  भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077