Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • विद्यार्थीहरुमा संक्रमण फैलिएको भन्दै तत्काल शैक्षिक संस्था बन्द गर्न सिडियोहरुको सुझाव

    विद्यार्थीहरुमा संक्रमण फैलिएको भन्दै तत्काल शैक्षिक संस्था बन्द गर्न सिडियोहरुको सुझाव

    अनलाइन नेपाल
  • आइतबार, ५ बैशाख २०७८
  • 1.8K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । दोस्रो चरणको  कोरोना भाइरस (कोभिड-१९) संक्रमण  पछिल्लो समय ह्वात्त्तै बढेको छ।

    पछिल्लो २४ घण्टामा थप १०९६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए।



    दोस्रो चरणको कोरोना महामारी फैलिएको भन्दै उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी(प्रजिअ)ले तत्काल शैक्षिक संस्था बन्द गर्न सुझाव दिएका छन् ।



    कोरोना संकट व्यवस्थापन केन्द्रको सचिवालय छाउनीमा बसेको सीसीएमसी बैठकमा सहभागी भएका काठमाडौं, भक्तपुर र ललितपुरका सिडियोहरुले विद्यार्थीहरुमा संक्रमण फैलिन थालेकाले तत्काल उपत्यकाका सरकारी तथा निजी शैक्षिक संस्था बन्द गर्नुपर्ने सुझाव दिएका हुन् ।

    विद्यालयसँगै भीडभाड हुने क्षेत्र, होटल, रेस्टुरेन्टलगायतलाई पनि मापदण्ड तोकेर सञ्चालन गर्नुपर्ने उनीहरुको सुझाव रहेको छ ।

    बैठकमा काठमाडौंका प्रजिअ कालीप्रसाद पराजुलीले तत्काललाई वैशाख मसान्तसम्म शैक्षिक संस्था बन्द गर्नुपर्ने बताएका छन् ।

    जोखिमको अवस्था हेरेर पछि थप निर्णय लिनुपर्ने उनको सुझाव रहेको छ ।

    शनिबार बसेको सीसीएमसीको आकस्मिक बैठकले बैशाख मसान्तसम्म शैक्षिक संस्था बन्द गर्नुपर्ने प्रस्ताव गरेको थियो ।

    सीसीएमसीको प्रस्तावपछि तीन जिल्लाकै प्रजिअसँग सीसीएमसीले  छलफल र रायसुझाव मागेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार