Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

आईपीएल : बेङ्ग्लोरको लगातार तेस्रो जित

काठमाडौं । भारतमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल) आज सम्पन्न खेलमा रोयल च्यालेञ्जर्स बेङ्ग्लोरले कोलकता नाइट राइडर्सलाई ३८ रनले पराजित गरेको छ ।

टस जितेर ब्याटिङमा उत्रिएको बेङ्ग्लोरले चिदम्बरम् स्टेडियममा सम्पन्न खेलमा २० ओभरमा ४ विकेट गुमाउँदै २०४ रन बनाएको थियो।

जवाफी ब्याटिङमा उत्रिएको कोलकता ८ विकेट गुमाउँदै १६६ रनमा समेटियो।

बेङ्ग्लोरका लागि ग्नेन म्याक्स वेलले सर्वाधिक ७८ र एबि डिभिलियर्सले ७६ रन बनाए ।

कोलकताका बरुण चक्रवर्तीले २ विकेट लिँदा प्याट कमिङ्ग्स र प्रसिद कृष्णाले समान १/१ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको कोलकताका कुनै ब्याट्समेनले अर्धशतक बनाउन सकेनन्।

कोलकताका लागि आन्द्रे रसेलले सर्वाधिक ३१ रन बनाउँदा कप्तान इयोन मोर्गनले २९, शकिव अल हसनले २६, राहुल त्रिपाठीले २५ र शुभमन गिलले २१ रन जोडे।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077