Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

आईपीएल : दिल्लीको दोस्रो जित

एजेन्सी । इण्डियन प्रिमियर लिग टी-ट्वान्टी क्रिकेट (आईपीएल) मा दिल्ली क्यापिटल्सले दोस्रो जित निकालेको छ ।

आइतबार राति भएको खेलमा पन्जाब किङ्सलाई ६ विकेटले पराजित गर्दै दिल्लीले दोस्रो जित निकालेको हो ।

पन्जाबले दिएको १ सय ९६ रनको लक्ष्य दिल्लीले १८ ओभर २ बलमा ४ विकेट गुमाएर पूरा गर्यो ।

दिल्लीका लागि शिखर धवनले सर्वाधिक ९२, पृथ्वी शाह ३२, मार्कुस स्टोनिस २७, कप्तान ऋषव पन्तले १५ र ललित यादव १२ रनमा अविजित रहे ।

पन्जाबका लागि बलर  जे रिचार्डसन्ले २ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ४ विकेट गुमाएर १ सय ९५ रन बनाएको थियो ।

पन्जाबका लागि ओपनरद्वय मायांक अग्रवाल र लोकेश राहुलले क्रमश ६९ र ६१ रनको अर्धशतकीय इनिङ्स खेले ।

दिल्लीका क्रिस वोक्स, लुकम्यान मेरिवाला, अभेस खान र कागिसो राबडाले १र१ विकेट लिए ।

यस जितसँगै दिल्लीले ३ खेलमा ४ अंक जोडेको छ । दिल्ली लिगको दोस्रो स्थानमा उक्लिएको छ ।

त्यस्तै, पन्जाबले ३ खेलमा २ अंक जोडेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077