Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

बालुवाटारमा एमालेको केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेको केन्द्रीय समिति बैठक आज बस्दैछ ।

प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो १ बजे बैठक बोलाइएको हो।

बैठकमा राजनीतिक प्रतिवेदन, महाधिवेशनको तयारी, उपनिर्वाचनको तयारीलगायतका विषयमा छलफल हुने बताइएको छ ।

यद्यपि कमिटीको वैधानिकतामा प्रश्न उठाउँदै आएको नेपाल पक्षका नेताहरुले बैठकमा सहभागी नहुने बताएका हुन् ।

एमाले उपाध्यक्ष एवम् माधव नेपाल पक्षकी नेतृ अष्टलक्ष्मी शाक्यले महाधिवेशन आयोजक कमिटी नै अवैधानिक भएको भन्दै आफूहरु बैठकमा सहभागी नहुने बताइन् ।

यता, एमाले अनुशासन कमिटीका अध्यक्ष अमृतकुमार यो बैठकले पार्टीको आन्तरिक विवादलाई थप असहज बनाउने भन्दै बैठक रोक्न नेतृत्वको ध्यानाकर्षण गराएका छन् ।

केन्द्रीय कार्यालयले भने २६१ जनालाई बैठकमा बोलाइएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077