Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • दिल्लीमा अक्सिजनको चरम अभाव, फेरि कर्फ्यू एक साता थप

    दिल्लीमा अक्सिजनको चरम अभाव, फेरि कर्फ्यू एक साता थप

    अनलाइन नेपाल
  • सोमबार, ६ बैशाख २०७८
  • 2.1K
    SHARES

    एजेन्सी। कोरोना संक्रमण फैलने क्रम तीव्र बनेपछि भारतको राजधानी दिल्लीमा थप एक साताका लागि कफ्र्यु लम्ब्याइएको छ ।

    कर्फ्यु सोमबारदेखि आउने सोमबार बिहानसम्मका लागि लागू हुनेछ ।



    दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल, उपराज्यपाल अनिल बैजल र उच्च अधिकारीहरुबीच सोमबार बिहान भएको छलफलपछि कर्फ्यु लम्ब्याउने निर्णय गरिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।



     

    विगत केही दिनयता भारतका दिल्लीलगायत प्रमुख राज्यहरुमा कोरोना संक्रमण तीव्र रुपमा फैलिएको छ ।

    यसैबीच, दिल्लीका मुख्यमन्त्री केजरीवालले आइतबार साँझ ट्विट गर्दै अक्सिजनको चरम अभावको बताएका थिए । त्यस्तै अस्पतालमा बेड नहुँदा बिरामीहरुको भुईं र खुला आकाशमुनि नै उपचार भइरहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार