Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • भारतमा कोरोना: दिल्लीमा लगाइएको कर्फ्यू हट्यो, जोर-विजोर प्रणाली पनि हटाइदै

    भारतमा कोरोना: दिल्लीमा लगाइएको कर्फ्यू हट्यो, जोर-विजोर प्रणाली पनि हटाइदै

    अनलाइन नेपाल
  • शुक्रबार, ७ माघ २०७८
  • 1.4K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । छिमेकी मुलुक भारतको राजधानी नयाँ दिल्लीमा कोरोना भाइरस संक्रमणको दर केही घट्दो हुन थालेको छ। कोरोना संक्रमणदरमा कमी आएसँगै दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले सप्ताहन्तमा लगाइएको कर्फ्यू हटाउन उपराज्यपाललाई सिफारिस पठाएका छन्।

    भारतीय संचारमाध्यमहरुका अनुसार मुख्यमन्त्रीको सिफारिससँगै दिल्लीबाट सप्ताहन्त कर्फ्यू हटाइने भएको छ । बजारमा पसल खोल्न लाग्ने जोर-विजोर प्रणाली पनि हटाइनेछ । निजी कार्यालय पनि ५० प्रतिशत क्षमतामा चल्न पाउनेछन् ।



    प्रस्तावमा, दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले बजारमा जोर-बिजोर प्रणाली हटाउन र निजी कार्यालयहरूलाई ५० प्रतिशत क्षमतामा सञ्चालन गर्न अनुमति दिन पनि भनेका छन्।



    बिहीबार दिल्लीमा कोरोना संक्रमणका १२ हजार ३०६ नयाँ मामिलाहरू भेटिएका छन् भने ४३ जनाको मृत्यु भएको छ । योसँगै १८ हजार ८१५ जना कोरोना संक्रमणबाट निको भएका छन् ।

    हेल्थ बुलेटिनका अनुसार दिल्लीमा कोरोनाका नयाँ केसहरूमा कमी आएको पक्कै पनि छ तर मृत्यु हुनेको संख्यामा अहिले कुनै कमी आएको छैन । तर, दिल्लीमा कोरोना संक्रमण दर २१.४८ प्रतिशत रहेको छ ।

    दिल्लीमा हाल सक्रिय कोरोना बिरामीहरूको संख्या ६८,७३० रहेको छ । यसबाहेक दिल्लीको कोभिड अस्पतालमा हाल २ हजार ६९८ बिरामी भर्ना छन्।

    सिङ्गै भारतको  कुरा गर्ने हो भने, पछिल्लो २४ घण्टामा भारतमा ३ लाख ४७ हजार २५४ नयाँ कोरोना संक्रमित थपिएका छन् भने महामारीका कारण ७०३ जनाको मृत्यु भएको छ।

    पछिल्लो २४ घण्टामा देशमा कोरोना भाइरसका नयाँ संक्रमित २९ हजार ७२२ ले बढेका छन् । यसअघि बिहीबार (२० जनवरी) मा कोभिड–१९ का ३ लाख १७ हजार ५३२ नयाँ केसहरू रिपोर्ट गरिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार