Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • केजरीवालले भने-आम आदमीलाई जिताउनुस् स्वास्थ्य सेवा निःशुल्क गर्नेछौं

    केजरीवालले भने-आम आदमीलाई जिताउनुस् स्वास्थ्य सेवा निःशुल्क गर्नेछौं

    अनलाइन नेपाल
  • बिहिबार, १४ असोज २०७८
  • 1.4K
    SHARES

    काठमाडौं । भारतको आम आदमी पार्टीका राष्ट्रिय संयोजक एवम् दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले पञ्जाबमा पनि आफ्नो पार्टीको सरकार बनाउनेगरी आफ्ना उम्मेदवारहरूलाई जिताउन आग्रह गरेका छन् ।

    पञ्जाबमा हुन लागेको विधान सभाको निर्वाचनका लागि लुधियानामा बिहीबार भएको पत्रकार सम्मेलनमा उनले पञ्जाब प्रदेशमा आफ्नो पार्टीले जिते स्वास्थ्य सेवा निःशुल्क गर्ने घोषणा गरेका छन् ।



    पत्रकार सम्मेलनमा उनलले भने–‘हाम्रो पार्टीलाई जिताउनुस् यस प्रदेशमा बस्ने सबै बासिन्दालाई स्वास्थ्य सेवा निःशुल्क गर्नेछौँ ।



    सरकारी स्वास्थ्य संस्थाहरूमा सेवा राम्रो नहुँदा नीजि स्वास्थ्य संस्थाहरूले आम नागरिकलाई नराम्रोसँग ठगेको बताउँदै उनले भने–‘सात बर्ष अगाडि दिल्लीमा पनि यस्तै नराम्रो अवस्था थियो, तर अहिले हाम्रो सरकार आएपछि सरकारी स्वास्थ्य सेवामा धेरै सुधार भएको छ । म प्रतिवद्धता गर्दछु की पञ्जाबमा पनि हाम्रो सरकार बनाउने अवसर पाएमा त्यस्तै बनाउने छौं ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार