Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • दिल्लीमा लकडाउन नहुने, अनिवार्य मास्क लगाउन अपिल

    दिल्लीमा लकडाउन नहुने, अनिवार्य मास्क लगाउन अपिल

    अनलाइन नेपाल
  • आइतबार, २५ पुष २०७८
  • 1.2K
    SHARES

    काठमाडौँ । छिमेकी मुलुक भारतस्थित दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले दिल्लीमा लकडाउन गर्ने कुनै योजना नभएको बताएका छन् ।

    आज (आइतबार) दिल्लीमा कोरोना भाइरसको बढ्दो केसहरूको बीचमा पत्रकार सम्मेलन गर्दै उनले भने, ‘हामी लकडाउन गर्न चाहँदैनौं। सबैको जीविकोपार्जन जारी रहनुपर्छ । तर मास्क अवश्य लगाउनुहुन सबैमा अपिल छ ।



    यस्तै, मन्त्री केजरीवालले पछिल्लो समय कोरोनाका कारण मृत्यु हुनेको संख्यामा पनि कमी आएको बताएका छन्। उनले हिजो (शनिबार) दिल्लीमा २० हजार जनामा ​​कोरोना भाइरसको संक्रमण देखिएको बताए ।



    त्यसैगरी, पछिल्लो लहरमा गत मे ७ मा यति धेरै केस आएमा ३ सय ४१ जनाको मृत्यु भएको थियो तर हिजो मात्रै ७ जनाको मृत्यु भएको थियो । पहिलेको तुलनामा मृत्यु हुनेको संख्या निकै कम छ । यद्यपि एकको पनि मृत्यु हुनु नहुने उनको भनाइ छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार