Jul 25 2026 | २०८३, श्रावण ९ गते

25 Jul 2026 | शनिवार, श्रावण ९ गते २०८३

शनिवार, श्रावण ९ गते २०८३
images
images

प्रचण्डसँग मिलेको भन्दै नेपाल पक्षका ८ जनालाई स्पष्टीकरण सोध्ने ओलीको निर्णय

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेको महाधिवेशन आयोजक कमिटीको बैठकले पार्टीका ८ जना नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ।

आज प्रधानमन्त्री निवास बालुवाटार बसेको बैठकले कर्णाली प्रदेशमा फ्लोर क्रस गराउन भूमिका खेलेको आरोप लगाउदै पार्टीभित्रका नेता माधवकुमार नेपालसहित ८ जना नेतालाई चेतावनीयुक्त स्पष्टीकरण सोध्ने निर्णय गरेको बैठकमा सहभगी एक नेताले जानकारी दिए।

एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको बैठकले केन्द्रका नेताहरु माधवकुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र कर्णाली प्रदेशका सांसदहरु चार जना प्रकाश ज्वाला, नन्दसिंह बुढा, कुर्मराज शाही र अमर थापालाई पनि स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

बैठकले केन्द्रका चार जना शीर्ष नेताहरूले माओवादी अध्यक्ष प्रचण्डसंग मिलेर प्रदेशका सांसदहरुलाई फ्लोर क्रस गराउन भूमिका खेलेको भन्दै कारवाही स्वरुप दुई दिनभित्र स्पष्टिकरण मागिएको एक नेताले बताए।

यदि स्पष्टीकरण चित्तबुझ्दो नभए १० वैशाखमा बस्ने बैठकबाट कारबाही गर्ने बताईएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077