Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

विमानस्थलबाट साढे २४ लाखसहित बस्नेत पक्राउ

काठमाडौं। प्रहरीले स्रोत नखुलेको २४ लाख ५० हजार रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा मोरङ कानेपोखरी गाउँपालिका-७ घर भएका ३३ वर्षीय चुडामणी बस्नेत रहेका छन् ।

आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट यति एयरको उडानद्वारा मोरङ जान लागेका उनलाई विमानस्थलको आन्तरिक उडानतर्फको चेकिङ्गमा  उक्त रकमसहित प्रहरीले पक्राउ गरेको हो।

पक्राउ परेका बस्नेतलाई थप आवश्यक अनुसन्धान एवं कानूनी कारबाहीको लागि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, पुल्चोक, ललितपुर पठाइएको
विमानस्थल प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077