Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

मध्यरातमा ढुकेर बन्चरो प्रहार गरी लुटपाट गर्ने ३ जना पक्राउ

काठमाडौं। महानगरिय प्रहरी परिसर काठमाडौं र बालाजुको प्रहरी टोलीले रातको समयमा लुकेर लुटपाट धन्दा चलाउँदै आएका तीन जनालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार गत बैशाख ३ गते राति  बालाजु चोक नजिक चक्रपथ सडकखण्ड छेउमा लुकीढुकी बसेको लुटेरा समुहले  रुकुम घर भई हाल काजिकामनपा १६ बस्ने वर्ष १९ का रमेश चनारालाई लुटपाट गर्ने उद्देश्यले धारिलो फलामे बन्चरो देखाई लुटपाट गरेका थिए।

लुटेरा समुहले धारिलो बन्चरो प्रहार गरी रमेश चनारालाई शख्त घाईते बनाई घटनास्थलबाट फरार भएका थिए।

त्यसलगत्तै वालाजु  वृत्तवाट प्रहरी टोलीले परिचालन गरी खोजतलास गर्नेक्रममा काठमाडौं  महानगरपालिका वडा नं.१६ बालाजु गंगाहल नजिक सार्वजनिक स्थानमा भाग्दै गरेको अवस्थामा  फलामे बन्चरो बोकेको अवस्थामा त लुटेरा समुह प्रहरीको फन्दामा परेको हो।

उनीहरुले प्रहरी सामु गल्ती स्वीकारेको प्रहरीको भनाइ छ।  महानगरीय प्रहरी परिसर काठमाडौका प्रवक्ता एसपी रमेश बस्नेतका अनुसार पक्राउ पर्नेहरुमा क्रमश: जिल्ला गोरखा घर हाल काजिकामपा १६ बस्ने बर्ष १८ को सुमन परियार ,ओखलढुंगा स्थायी घर भई काठमाडौं बस्ने  बर्ष १८ का छिरिङ्ग मोक्तान तथा  मकवानपुर पालुङ्ग स्थायी  घर भई हालकाठमाडौं बस्ने बर्ष २१ का सुरज तामाङ्गरहेका छन्।

प्रहरीले उनीहरुको साथबाट  कालो बिड भएको फलामे बन्चरो १-थान ,  सुन जस्तो देखिने अन्दाजी डेढ तोलाको सिक्री -१ थान  र मोबाइल १ -थान बरामद गरेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077