Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

राप्रपाको महाधिवेशन जेठ २२ देखि २५ गतेसम्म

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले केन्द्रीय महाधिवेशन आगामी जेठ २२ देखि २५ गतेसम्म काठमाडौँमा गर्नेभएको छ ।

सोमबार पार्टीका अध्यक्ष कमल थापाको अध्यक्षतामा बसेको केन्द्रीय सचिवालय कार्य व्यवस्था समितिको बैठकले जिल्ला तहसम्मको अधिवेशन यही वैशाख मसान्त र प्रदेश कार्य समितिको निर्वाचन आगामी जेठ ७ गतेसम्म गर्ने निर्णय गरेको हो ।

अध्यक्षद्वय पशुपतिशम्शेर जबरा र डा प्रकाशचन्द्र लोहनीको उपस्थितिमा बसेको बैठकले महाधिबेशन प्रतिनिधि निर्वाचन पनि जेठ १० गतेसम्म गरिसक्ने निर्णय गरेको पार्टीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

राप्रपाले सक्रिय सदस्यता वितरण गर्ने म्याद भने अन्तिम पटकका लागि वैशाख मसान्तसम्म थप गर्ने निर्णय गरेको जानकारी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077