Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

आमाको सारीमा सल्केको आगोले बच्चाको ज्यान गएपछि...

दाङ। सोमबार बेलुका भान्सामा खाने पकाउने क्रममा आमाको सारीमा सल्केको आगोले बच्चाको ज्यान गएको छ ।

जिलाको राप्ती गाउँपालिका- ५ कालापानीकी ४४ वर्षीया आमा पुनम सुनारले खाना पकाउँदै गर्दा अँगेनामा बालेको आगो सारीमा सल्किन पुग्दा उनकी एक वर्षीया छोरी बिना सुनारको ज्यान गएको हो।

जलेर गम्भीर अवस्थामा रहेकी उनकी छोरी बिना सुनारको उपचारका क्रममा लमही अस्पतालमा आज बिहान साढे दुई बजे मृत्यु भएको र घाइते आमाको थप उपचार भइरहेको इलाका प्रहरी कार्यालय भालुबाङका असई हरि पाण्डेले जानकारी दिए ।

पाण्डेका अनुसार आमाले बच्चालाई काखमा लिएर खाना पकाउँदै गर्दा सारीबाट आगो सल्किएर आमा-छोरी जलेर गम्भीर अवस्थामा उद्दार गरिएको थियो ।

सारीबाट सल्केको आगोले आमा-छोरीको शरीरको विभिन्न भाग जलेको भए पनि अन्य भान्सा कोठा तथा घरमा आगलागी भने नभएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077