Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एमालेले माधव नेपालसहित २७ जना सांसदलाई स्पष्टिकरण सोध्ने

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेले पार्टीका २७ संघिय सांसदलाई स्पष्टिकरण सोध्ने भएको छ ।

पार्टीले पार्टीको अनुशासन उल्लंघन गरेको भन्दै माधव नेपालसहित उनको पक्षका २७ जना संघीय सांसदलाई स्पष्टिकरण सोध्ने भएको हो।

उनीहरूलाई आजै स्पष्टिकरण पत्र पठाइने तयारी भएको एमाले संसदीय दलका मुख्य सचेतक विशाल भट्टराईले जानकारी दिए ।

भट्टराईका अनुसार २७ सांसदलाई दुई दिनभित्र स्पष्टिकरण बुझाउन समय दिइने छ ।

यसअघि पनि नेपाल पक्षका नेताहरु माधव नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाललगायत कर्णाली प्रदेशका चार सांसदमाथि पनि स्पष्टिकरण माग्दै पार्टीले कारवाही गरेको जनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077