Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

ओलीले कारबाही गर्ने भएपछि माधव नेपालले बोलाए सांसदहरुको बैठक

काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपालसहित २७ संघिय सांसदलाई स्पष्टिकरण सोध्ने निर्णय गरेलगत्तै नेपालले आफ्नो पक्षका सांसदहरुको बैठक बोलाएका छन् ।

पार्टी अध्यक्ष एवं संसदीय दलका नेता ओलीले आजै नेपालसहित २७ सांसदलाई संसद पदबाट किन नहटाउने ? भन्दै स्पष्टीकरण सोध्ने निर्णय गराएका थिए ।

त्यसलगत्तै नेपाललले आज दिउसो बानेश्वरको अर्याल होटलमा बैठक बोलाएका हुन् ।

आजको केन्द्रीय कमिटीको बैठकले नेपालसहित २७ सांसदलाई दुई दिनभित्र स्पष्टिकरण बुझाउन समय दिएको एमाले संसदीय दलका मुख्य सचेतक विशाल भट्टराईले जानकारी दिए ।

उनीहरुबाट चित बुझ्दो जवाफ नआएमा १० गतेको केन्द्रीय कमिटीको बैठकबाट उनीहरुलाई पार्टीको साधारण सदस्य र सांसद पदबाट पनि निश्कासन गर्ने तयारी गरेको समेत भट्टराईले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077