Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

यस्तो छ सार्वजनिक यातायातमा लागू गरिएको नयाँ नियमहरु

काठमाडौँ। पछिल्लो समय नयाँ भेरियन्टको कोरोना भाइरस महामारीको संक्रमण बढ्दै गएको भन्दै काठमाडौंमा सार्वजनिक यातायात सञ्चालनमा नयाँ नियम लागू गरिएको छ ।

आज जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बसेको बैठकले मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले गरेको निर्णय कार्यान्वयन प्रभावकारी ढंगले गर्ने निर्णय भएको हो ।

जसअनुसार सिट क्षमताभन्दा बढी यात्रु नराख्ने, सबै यात्रुलाई मास्क अनिवार्य गर्ने, सवारी साधनको ढोकामा र सवारी साधनभित्र सेनिटाइजरको व्यवस्था गर्ने निर्णय भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीले जानकारी दिए ।

यस्तै चालक तथा सहचालकले मास्क र भाइजर लगाउने, सवारी साधनलाई दैनिक रुपमा निसंक्रमित गर्ने, यात्रुले मास्क नलगाई आएमा चालक वा सहचालकले बढीमा रु १० लिइ मास्क उपलब्ध गराइने उनले बताए ।

यस्तो छ जिल्ला प्रशासन कार्यालय काठमाडौंको निर्णय :

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077