Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

कोरोनाका कारण नेपाल पक्षको कार्यक्रम स्थगित

काठमाडौं । कोरोना भाइरसको महामारी बढ्दै गएपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका नेता माधवकुमार नेपाल पक्षले पार्टीका कार्यक्रमहरु स्थगित गरेको जनाएको छ।

आज एक बिज्ञप्ति जारि गर्दै नेपाल पक्षका नेता एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले आगामी बैशाख ९ गते बिहीबार राखेको कार्यक्रम स्थगित गरेको जानकरी दिएका छन्।

कम्युनिष्ट पार्टी स्थापनाको दिन नेपाल प्रज्ञा प्रतिष्ठान भवनमा आयोजित कार्यक्रम स्थगित गरिएको बिज्ञप्तिमा जनाईएको बिज्ञप्तिमा उल्लेख गरिएको छ।

वक्तव्य जारी गरी भट्टराईले कोरोना संक्रमण बढेको र सरकारले २५ जना भन्दा बढी भीड नगर्ने निर्णय गरेकाले कार्यक्रम स्थगित गरिएको जनाइएको छ ।

तर, कोरोनाको संक्रमण कम भएका जिल्लाहरुमा भने कार्यक्रम नरोक्न आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077