Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ठगी मुद्दामा फरार प्रतिवादीले नै विदेश पठाइदिन्छु भन्दै २५ लाख ठगेपछि...

काठमाडौं । चेक बाउन्स मुद्दामा फरर रहेका व्यक्तिले नै विदेश पठाइदिन्छु भन्दै २५ लाख भन्दा बढि ठगी गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंले कीर्तिपुरको ट्याङ्ला फाँटबाट आज ठगी गरेको आरोपमा छत्रबहादुर विश्वकर्मालाई पक्राउ गरेको हो ।

ठगीको आरोपमा पक्राउ परेका पाँचथरको फाल्गुनन्द नगरपालिका घर भएका विश्वकर्मा चेक बाउन्स मुद्दामा फरार प्रतिवादी भएको पनि खुलेको छ ।

कीर्तिपुरमा बस्ने ४३ वर्षीय विश्वकर्माले २५ लाखभन्दा धेरै ठगी गरेको गुनासो आएपछि परिसरले उनको खोजी गरेको थियो ।

परिसरमा विश्वकर्माले विदेश पठाइदिन्छु भनेर उनले २५ लाख बढी ठगेको भन्दै पीडितले लिखित र मौखिक उजुरी गरेको प्रहरीले जनाएको छ ।

विश्वकर्मा पक्राउ परेपछि उनी ठगी मुद्दाका पनि फरार रहेको खुलेको हो ।

२०७६ जेठ १३ मा उच्च अदालत पाटनले राममाया तामाङको जाहेरीले बैंकिङ कसुर मुद्दामा ७ दिन कैद र ३ लाख ४३ हजार जरिवाना हुने फैसला गरेको थियो । फैसलापछि उनी फरार थिए ।

त्यस्तै महानगरीय प्रहरी वृत कीर्तिपुरले २०७७ पुस २२ मा सन्तोष अधिकारीको जाहेरीले ३ लाख ४० हजार बराबरको बैंकिङ कसुर मुद्दा चलाएको थियो । सो मुद्दामा पनि उनी फरार थिए ।

त्यसैगरी २०७७ मंसिर २८ मा महानगरीय प्रहरी वृत सातदोबाटोले उनीविरुद्ध ८ लाख ५० हजार चेक बाउन्स भएको मुद्दा चलाएको थियो । सो मुद्दा अदालतमा विचाराधीन छ ।

२०७३ भदौ ५ मा काठमाडौं प्रहरीले मानव बेचविखन मुद्दामा उनलाई अनुसन्धान गरेको थियो । सो मुद्दामा उनि ३ महिना जेल बसेर छुटेका व्यक्ति भएको पनि खुलेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077