Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

काठमाडौं प्रशासनको १४ बुँदे अनुरोध, सार्वजनिक स्थानमा नथुक्न र माक्स नफाल्न आग्रह

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले एक सूचना जारी गरी १४ बुँदे आग्रह गरेको छ ।

नयाँ भेरियन्ट सहितको कोभिड–१९ को महामारी बढ्दै गएको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले त्यसलाई नियन्त्रणका लागि आज घर तथा सार्वजनिक स्थानमा जथाभावी नथुक्न तथा प्रयोग गरेको माक्स नफाल्न समेत अनुरोध गरेको छ ।

प्रशासनले काठमाडौंमा मास्कको अनिवार्य प्रयोग गर्न निर्देशनात्मक सूचना जारी गर्दै विदेशबाट नेपाल आएका र कन्ट्याक्ट ट्रेसिङमा परेकाहरुको कोरोना नतिजा नेगेटिभ भएपनि १० दिन होम क्वारेन्टाइनमा अनिवार्य बस्न प्रशासनको अपिल छ ।

पिसिआर परीक्षणका लागी स्वाव दिएपछि हिँडडुल नगर्न र स्थानीय तहमा क्वारेन्टिन र आइसोलेशनमा बसेकालाई सक्दो सहयोग गर्न, मास्क नलगाई नहिड्न तथा सार्वजनिक यातायातमा नचढ्न आग्रह गरेको छ ।

त्यसैगरी विवाह तथा व्रतवन्ध एवम् भोज भतेरमा २५ जना भन्दा बढि सहभागी नहुन, पार्टी प्यालसे, डान्सबार, दोहोरी साँझ, विद्यालय, सिनेमा हल जस्ता बढि मानिसको भिडभाड हुने स्थानहरु बन्द गर्न आग्रह गरेको छ ।

जिल्ला प्रशासन कार्यालयको आग्रह अटेर गर्नेलाई संक्रामक रोग ऐन–२०२० अनुसार कारवाही गरिने पनि चेतावनी दिएको छ ।

यस्ताे छ जिल्ला प्रशासन कार्यालय काठमाडौंको सूचना

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077